गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको मन्त्रालयले जनाएको छ।
काठमाडौँ– डेंगी रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगी हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगीको संक्रमण बढेको बताए।
गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको उनको भनाइ छ। “गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ। त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्छ,” उनले भने, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्छ। ७१ जिल्लामा एक हजार १३० जनामा संक्रमणमा देखिएको छ।”
कोशीमा २७२, मधेस ३०, बागमतीमा ३९०, गण्डकीमा १७५, लुम्बिनीमा १३२, कर्णालीमा १६ र सुदूरपश्चिममा ११५ जनामा संक्रमण देखिएको छ।
काठमाडौँमा ११४ जना, भक्तपुरमा २७ जना र ललितपुरमा १८ जनामा संक्रमण देखिएको छ। डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ। ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्ने डा. दाहालले बताए।
उनका अनुसाचर डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्छन्। लामखुट्टेबाट बच्नका लागि झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
