मायादेवी शिक्षण पेसा छाडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेकी हुन्। उनले बारीमा बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, इक्वास, प्याजलगायत तरकारी लगाएकी छन्।
भोजपुर– टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी मायादेवी राईले दुई रोपनी जमिनमा तरकारी लगाएकी छन्। उनले पशुपक्षी तथा मत्स्यपालन फर्म दर्ता गरेर दुई वर्षअघि तरकारीको व्यावसायिक खेती थालेकी हुन्।
बारीमा बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, इक्वास, प्याजलगायत तरकारी लगाएकी छन्। गाई, भैँसी, बाख्रा बंगुरको प्रांगारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गरेको उनको भनाइ छ।
“तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु। घरखर्च चलाउन समस्या छैन। तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु,” उनले भनिन्।
मायादेवी शिक्षण पेसा छाडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेकी हुन्। “कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भनिन् “तर हामीले व्यावसायिक बन्न चाहिँ सक्नुपर्छ। गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्नु पर्छ। छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु।”उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या छ। कृषिमा नै भविष्य देखेर लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनले बताइन्। मायादेवीसहित गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देश्यीय सहकारी’ गठन गरेका छन्।
“हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौँ,” उनले भनिन्, “एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ। सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ।” उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको छ।
टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन्। गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उनको भनाइ छ।
“कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” उनले भनिन्, “किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न सहयोग गरिरहेका छौँ।”
कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
