४५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
चितवन– स्थापनाको २७ वर्षपछि १०० शय्याबाट ४५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार १०० शय्याबाट ४५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको बताए।
कार्यकारी निर्देशक डा. पौडेलले हाल देशमा क्यान्सर विषयमा मात्र अध्ययन–अध्यापन गर्ने गराउने सुपर स्पेसियालिटी प्रतिष्ठानसमेत नभएको उल्लेख गर्दै अस्पताल सञ्चालक समितिबाट प्रतिष्ठानसम्बन्धी प्रस्ताव पास भई स्वास्थ्य तथा जनंख्या मन्त्रालयमा पेश गरिएको, राष्ट्रिय चिकित्सा आयोगबाट ‘सुपर स्पेसियालिटी’ अध्यापनका लागि अनुमति लिई तीन वटा विधामा सञ्चालन भएको र हाल क्यान्सरका विभिन्न सात विधामा ‘फेलोसिप’ कार्यक्रमअन्तर्गत १३ जनाले अध्ययन गरिरहेको जानकारी दिँदै उनले मन्त्रालयले सुपर स्पेसियालिटी प्रतिष्ठान घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने बताए।
विपन्न नागरिक आर्थिक सहायता कोषबाट क्यान्सर रोग उपचारतर्फ उपलब्ध गराइएको रकम न्यून भएको भन्दै डा. पौडेलले क्यान्सरको उपचार पद्धति धेरै महँगो हुने र लामो समयसम्म उपचार गराउनुपर्ने हुँदा सहायता रकम वृद्धि गरी प्रतिबिरामी कम्तीमा पाँच लाख रुपैयाँसम्म पुर्याउनुपर्नेमा जोड दिए।
रकम वृद्धि गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको र अस्पतालको पहलमा बागमतीले ५० हजार रुपैयाँ दिने व्यवस्था भएको, लुम्बिनीले दुई लाख, गण्डकीसँग एक लाख रुपैयाँ दिने सम्झौता भएको र अन्य प्रदेशहरूसँग पनि छलफलको क्रम रहेको उनले बताए।
कार्यकारी निर्देशक डा. पौडेलले स्वास्थ्य बीमा समितिबाट पाउनुपर्ने रकम भुक्तानीमा विलम्ब हुँदा सेवा सञ्चालनमा कठिनाइ भएको बताए। अस्पताल १०० शय्यामा सञ्चालन हुँदा आर्थिक वर्ष २०६९/७० मा प्राप्त बजेट २१ करोड ४२ लाख भएको र त्यसयता ४५० शय्या हुँदा स्वास्थ्य कर कोषको रकम घट्दो क्रममा आई गत आर्थिक वर्षमा २३ करोड रुपैयाँमा झरेको उनले जानकारी गराए। उनका अनुसार गत आर्थिक वर्षको सञ्चालन खर्च ९२ करोड ९२ लाख २७ हजार ५७९ रुपैयाँ रहेको छ, गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ४८ करोड ८८ लाख ९६ हजार ३४० रुपैयाँ आम्दानी भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
