कर्णालीका आर्थिक मामिला मन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।
काठमाडौँ– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट विनियोजन गरेको छ। शनिबार कर्णाली प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्। कर्णालीको बजेट चालु आर्थिक वर्षको भन्दा झन्डै २ अर्ब घटेर आएको छ। चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख विनियोजन गरेको थियो।
कुल विनियोजनमध्ये प्रदेशले खर्च गर्ने चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४.१२ प्रतिशत छुट्टाइएको छ। त्यस्तै, पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात् ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात् ०.८ प्रतिशत विनियोजन गरिएको छ। स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८३ करोड ३५ लाख ८१ हजार अर्थात् १५.३८ प्रतिशत विनियोजन गरिएको उनले बताए।
बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख ६५ हजार, चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम ५ अर्ब १३ करोड ८१ लाख २६ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त हुने रकम नौ अर्ब ३८ करोड ५३ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ३६ करोड ६३ लाख र सशर्त अनुदानबाट ३ अर्ब ७१ करोड ५० लाख परिचालन गरिने उनले जानकारी दिए।
त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ एक अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड २५ लाख परिचालन गरिने उनको भनाइ छ। संघीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि एक करोड ३३ लाख ५० हजार स्रोत परिचालन हुने बजेट वक्तव्यमा उल्लेख छ।
मन्त्री केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए। बजेटमा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
