गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
काठमाडौँ– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले शनिबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गरेका हुन्।
चालु आर्थिक वर्षभन्दा करिब ४५ करोड रुपैयाँ घटाएर उनले बजेट प्रस्तुत गरेका हुन्। चालु वर्षका लागि गण्डकीले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार अर्थात् कुल विनियोजनको ३९.९१ प्रतिशत रहेको उनले बताए। उनले पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् कुल विनियोजनको ५९.१९ प्रतिशत विनियोजन गरेका छन्। वित्तीय व्यवस्थातर्फ तीन करोड अर्थात् कुल विनियोजनको ०.९० प्रतिशत रकम विनियोजित गरेको उनले जानकारी दिए। सो रकममध्ये आगामी आर्थिक वर्ष एक करोड ७६ लाख ११ हजार प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको उनले बताए।
आगामी आर्थिक वर्ष २०८१/८२ को लागि खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ तीन अर्ब १० करोड ११ लाख, समपूरक अनुदानतर्फ एक अर्ब १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिए उनले बताए।
प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व पाँच अर्ब १७ करोड रुपैयाँ प्राप्त हुने र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात् दुई अर्ब ९४ करोड रुपैयाँ नगद मौज्दात बचत हुने उनले जानकारी दिए। न्यून हुने रकममध्ये एक अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
