सुदूरपश्चिम प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
काठमाडौँ– सुदूरपश्चिम प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
शनिबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको विनियोजन बजेट प्रस्तुत गरेका हुन्।
उनले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब बढाएर बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो।
कुल विनियोजनमध्ये चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार अर्थात् ३५ प्रतिशत रहेको छ। त्यस्तै, पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार अर्थात् ५५.४२ प्रतिशत, अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत दुई अर्ब ९२ करोड ७० लाख १० हजार अर्थात् ९.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात् ०.३१ प्रतिशत हुने गरी विनियोजनको व्यवस्था मिलाए उनले बताए।
आर्थिक वर्ष २०८१/८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड ७० लाख १५ हजार रुपैयाँ प्राप्त हुने छ। त्यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट नौ अर्ब ९९ करोड १९ लाख रुपैयाँ, संघीय रोयल्टी बाँडफाँटबापत रकम चार करोड चार लाख ५५ हजार प्राप्त हुने अनुमान छ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ७२ करोड २७ लाख, चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजनबाट बचत हुने ६ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट तीन अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट एक अर्ब ४२ करोड र विशेष अनुदानबाट ५५ करोड ६० लाख रुपैयाँ प्राप्त हुने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
