चालु वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड रुपैयाँले बढाएर बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ।
काठमाडौँ– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्षका बजेट प्रस्तुत गरेका हुन्।
गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाखको बजेट ल्याएको थियो। यो बजेट चालु वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड १४ लाख ३१ हजार रुपैयाँले वृद्धि भएको हो।
थपलियाले कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ ४०.४४ प्रतिशत छुट्याएका छन्। त्यसैगरी, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ अर्थात् पुँजीगततर्फ ५६.२३ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपैयाँ अर्थात् २.३२ प्रतिशत विनियोजन गरिएको मन्त्री थपलियाले बताए।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार व्यहोरिने अनुमान गरिएको उनले बताए।
बागमती प्रदेशले आगामी आर्थिक वर्षलाई सीप वर्ष घोषणा गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
