वेल्सकी राजकुमारी केटले क्यान्सर पत्ता लागेपश्चात् पहिलो पटक शनिबार मध्य लन्डनमा आयोजित ‘ट्रूपिङ द कलर सैन्य परेड’को अवलोकन गरेकी छन्।
वेल्सकी राजकुमारी केटले क्यान्सर पत्ता लागेपश्चात् पहिलो पटक शनिबार मध्य लन्डनमा आयोजित ‘ट्रूपिङ द कलर सैन्य परेड’को अवलोकन गरेकी छन्। उनले बकिंघम प्यालेसको बाल्कोनीबाट सैनिक परेड अवलोकन गरेपछि सर्वसाधारणलाई हात हलाएको सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ।
गत वर्ष डिसेम्बरमा क्रिसमस डेका दिन केट सार्वजनिक कार्यक्रममा देखिएकी थिइन्। ४२ वर्षीया राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया भएको थियो। त्यसपछि उनले दुई हप्ता अस्पतालमा बिताएकी थिइन्।
त्यसको दुई महिनापछि मार्चमा एक भिडियो सन्देशमार्फत परीक्षणबाट क्यान्सर पत्ता लागेकाले आफूले रोकथामका लागि केमोथेरापी लिइरहेको खुलासा गरेकी थिइन्।
अहिले पनि उनको उपचार जारी रहेको छ। तर उनको स्वास्थ्यमा सुधार आएका कारण डिसेम्बरपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएकी हुन्।
बेलायती राजा चाल्सको जन्मदिनका अवसरमा आयोजित सैन्य परेड ‘ट्रुपिङ द कलर’ अवलोकन गर्न राजकुमारी केट आफ्ना तीन सन्तानसहित बग्गीमा आएकी थिइन्।
भारी वर्षाको बाबजुद उनलाई हेर्न ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो। उनलाई देखेर उनीहरूले हात हल्लाउँदै खुशी मनाएका थिए।
केटले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उपचारबाट आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको र पूर्ण सुधार हुन अझै केही समय लाग्ने जानकारी गराएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
