गत जनवरीमा गाजामा भएको विस्फोटमा २१ इजरायली सैनिकको मृत्यु भएपछि यति ठूलो संख्यामा सैनिकको मृत्यु भएको यो पहिलो पटक हो।
दक्षिणी गाजाको रफाह क्षेत्रमा भएको विस्फोटमा आठ जना इजरायली सैनिकको मृत्यु भएको छ।
इजरायल डिफेन्स फोर्सका अनुसार यी सैनिक आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सीईभी) भित्र भएका बेला शनिबार विस्फोट भएको थियो।
हमास लडाकुहरूले रफाहमा सैन्य सवारी साधनमा यात्रा गरिरहेका इजरायली सैनिकमाथि रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजीहरू) फायर गरेका थिए। उनीहरूले त्यसपछि उद्धारका लागि आएका गाडीमाथि पनि आक्रमण गरेका थिए।
गत जनवरीमा गाजामा भएको विस्फोटमा २१ इजरायली सैनिक मारिएपछि यति ठूलो संख्यामा सैनिक मारिएको यो पहिलो पटक हो। स्थानीय समय अनुसार शनिबार बिहान सवा ५ बजे घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सीएनएनका अनुसार सेनाको उक्त टोली रफाहको ताल अल सुल्तान क्षेत्रको उत्तरपश्चिमी क्षेत्रमा हमासका अड्डामा आक्रमण गर्न जाँदै थियो। गाजामा गत अक्टोबर २७ यता कम्तीमा ३०७ इजरायली सेना मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
