अभियानको शुरूआत खस सभ्यता, कला, संस्कृति र सम्पदाको खानीको रूपमा चिनिने दैलेखबाट गरिएको छ। सोमबारसम्म चल्ने यो महिनाको प्रदर्शनमा ३२ तस्वीर तथा पाँचवटा भिडियो प्रदर्शन भइरहेको छ।
काठमाडौँ– शब्द, दृश्य, चित्र र उत्पादनद्वारा कर्णालीलाई संघीय राजधानीसँग जोड्ने उद्देश्यका साथ काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ अभियान शुरू भएको छ। मनघरी फाउन्डेसनको अगुवाइमा शुरू भएको अभियान १० महिनासम्म जारी रहने आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का परिकल्पनाकार भरतबन्धु थापाले बताए।
१० जिल्ला रहेको कर्णालीलाई जोड्ने १० महिने अभियान शुरू गरिएको उल्लेख गर्दै थापाले अभियान प्रत्येक महिना पहिलो शनिबारदेखि तीन दिन चल्ने बताए। जसअन्तर्गत यो शनिबारदेखि अभियानको शुरूआत खस सभ्यता, कला, संस्कृति र सम्पदाको खानीको रूपमा चिनिने दैलेखबाट गरिएको छ।
सोमबारसम्म चल्ने यो महिनाको प्रदर्शनमा ३२ तस्वीर तथा पाँचवटा भिडियो प्रदर्शन भइरहेको छ। त्यस्तै, कर्णालीका उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ।
थापा पेसाले फोटो पत्रकार हुन्। प्रदर्शनीमा राखिएका तस्वीरहरू अधिकांश थापा र विशाल सुनारले क्यामरामा कैद गरेका हुन् भने एउटा तस्वीर हरिहरसिंह राठौरले खिचेका छन्। त्यस्तै भिडियोमा दैलेखको संस्कृति, सम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणसँग सम्बन्धित भिडियो राखिएको छ। दैलेखी सेवा समाज र सोसेक नेपाललगायतले यसको प्रवर्द्धनमा सघाएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
