प्रहरीले बचतकर्ताको ९४ करोडभन्दा बढी रकम अपचलनको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरेको छ।
काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बचतकर्ताको ९४ करोडभन्दा बढी रकम अपचलनको आरोपमा ललितपुरको एक सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले बचतकर्ताको रकम अपचलनको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरिएको जानकारी दिए।
“ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था खोलेर सर्वसाधारण मानिसलाई आकर्षक ब्याज दिने र आवश्यक परेको समयमा जम्मा भएको रकम दिने विश्वास दिलाइ उनीहरूको रकम अपचलन गरी फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसमेत चार जना सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरिएको छ,” उनले भने।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तनहुँ जिल्लाका व्यास नगरपालिका–११ हाल गोकर्णेश्वर बस्दै आएका ४३ वर्षीय तेजविक्रम थापा, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया सजना राजकर्णीकार रहकी छिन्। उनी पनि हाल गोकर्णेश्वर बस्दै आएकी छन्।
यस्तै, सहकारीका सञ्चालक सदस्य ५३ वर्षीय भीमसेन महर्जन र सदस्य ४७ वर्षीय सञ्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ। महर्जन कीर्तिपुर नगरपालिका–८ का बासिन्दा थिए भने सापकोटा काठमाडौँ–६ का बासिन्दा हुन्।
सहकारीका अध्यक्ष थापाले आफ्नो पहिचान लुकाउन राज ठकुरीको नाममा बनाएको गोरखा टिभीको परिचयपत्र प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। “तेजविक्रम थापा होइन है भन्ने हिसाबले छक्क्याउनका निमित्त गोरखा टिभीमा राज ठकुरीको नाममा आफ्नो आईडी कार्ड बोक्ने गरेको पाइयो,” उनले भने।
उनीहरूविरुद्ध ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ अपचलन गरेको भन्दै ५६६ जनाले ६५ वटा जाहेरी दिएको उनले बताए। उनीहरूका कारण दुई अर्ब ८० करोड निक्षेप रहेको उक्त सहकारीका दुई हजार ५३१ जना बचतकर्ता पीडित भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
लुकीछिपी बसिरहेका उनीहरूलाई जेठ ३२ गते काठमाडौँका विभिन्न स्थानबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। टोलीले उनीहरूको साथबाट ६ थान मोबाइल, तीन वटा पेन ड्राइभ, हस्ताक्षरसहितका चेक, इको भ्यान, सहकारीको छापलगायतका सामान बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
