आइतबार नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ को विन्दुमा कायम भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो।
आइतबार ३१७ कम्पनीको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ हजार ९९७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
होटल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ३० करोड ४० लाख ५३ हजार ४९२ रुपैयाँ बराबरको चार लाख ७९ हजार ९८७ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
