लागुऔषधका रूपमा प्रयोग हुने औषधिको कारोबार गरेको आरोपमा प्रहरीले फार्मेसी सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा काठमाडौँका छुट्टाछुट्टै स्थानबाट फार्मेसी सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। लागुऔषधका रूपमा प्रयोग हुने औषधि गोंगबुको एक फार्मेसी र कोटेश्वरमा बस्ने एक युवकको डेराबाट उल्लेख्य परिमाणमा फेला परेपछि प्रहरीले शनिबार पाँच जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार खोजतलासका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित मित्रनगरको कविता फार्मेसीबाट लागुऔषधका रूपमा प्रयोग हुने औषधि बरामद भएपछि सञ्चालक गोरखा पालुङटार–४ की २५ वर्षीया विनीता कुमाललाई पक्राउ गरिएको छ। प्रहरीले कुमालको पसलबाट लागुऔषधका रूपमा प्रयोग हुने औषधि ट्रामाडोल लेखिएको ६५० पिस ट्याब्लेट बरामद गरेको छ।
यस्तै, कोटेश्वरमा लागुऔषध कारोबार भइरहेको सूचना पाएर पुगेको प्रहरीको टोलीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुकुम पश्चिमको त्रिवेणी–३ का २६ वर्षीय दीपेन्द्र वली, भक्तपुर–४ का २४ वर्षीय रुकेश श्रेष्ठ, ललितपुरको मंगलबजार बस्ने सिन्धुलीका २३ वर्षीय राकेश खड्का र ग्वार्को बस्ने ओखलढुंगाको सुनकोशी–७ का २२ वर्षीय ध्रुव कटवाल रहेका छन्।
वलीको कोटेश्वर, सहयोगीनगरस्थित डेराबाट ट्रामाडोल ३८ हजार ९४ पिस ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
