मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ। महाशाखाले आइतबार अपराह्न तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन सार्वजनिक गर्दै देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराई क्षेत्रमा आगामी चार दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ। “आगामी चार दिन (असार ३ गतेदेखि २०८१ असार ६ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ।
तातो हावा तथा लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाको भनाइ छ। यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिनसमेत अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
