सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गरेसँगै पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गर्ने भएको छ।
काठमाडौँ– सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ।
समितिको आइतबार भएको बैठकले सर्वसम्मत रूपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। “समितिका सदस्यहरूबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ। सोही आधारमा अनुसन्धान अघि बढ्नेछ,” उनले भने।
समिति सदस्य शिशिर खनालका अनुसार पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गरिनेछ। त्यसका लागि आगामी मंगलबारका लागि बैठक बोलाइएको छ। उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, सहकारी विकास बोर्ड पदाधिकारीलगायतलाई छलफलका लागि डाकिएको छ। कुल २९ वटा सहकारीको लिखित प्रतिवेदनसहित छलफल हुने जनाइएको छ।
कार्यविधि पारित भएसँगै मंगलबारदेखि नियमित काम शुरू हुने जनाइएको छ। गत जेठ १५ गते गठन भएको समितिमा नेकपा एमालेका सांसद सूर्य थापा सभापति छन्। नेपाली कांग्रेसबाट सह–महामन्त्री बद्रीप्रसाद पाण्डे र केन्द्रीय सदस्य एवं सांसद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेकपा माओवादी केन्द्रका माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
