निजी पेट्रोल पम्पहरू बन्द, सरकारी पम्पमा पेट्रोल भर्नेको लाइन (तस्वीरहरू)

ट्यांकर चालकहरूले आइतबारबाट विभिन्न माग राख्दै शुरू गरेको आन्दोलनपश्चात निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीवितरण रोकेका छन्।

काठमाडाैँ– पेट्रोलियम ढुवानी मजदुर (ट्यांकर चालक)हरूले आइतबारबाट विभिन्न माग राख्दै शुरू गरेको आन्दोलनपश्चात निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीवितरण रोकेका छन्।

योसँगै सरकारी पम्पहरूमा पेट्रोल भर्नेको लाइन लागेको छ। नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो। चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन। 

संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।