प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौँ– बजारमा सूनको मूल्य सोमबार तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार १०० मा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, चाँदी आज प्रतितोला एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।