सुनसरी–४ मा एमालेका कुसियैतको अग्रता

सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई ८२ मतले पछि पारेका छन्।

काठमाडाैँ– सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन्।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ८२ मतले पछि परेका छन्। पछिल्लाे जतिजा अनुसार कुसियैतले २९ हजार ७९४ मत पाएका छन्। कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।

यहाँ अब  एक हजार छ सय मत गन्न बाँकी छ।