एक दशकमा कोशी प्रदेशमा चट्याङका ६९८ घटना भएका थिए। त्यसमा २५४ जनाको मृत्यु र ५८७ घाइते भएका छन्।
झापा– कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर २५४ जनाले ज्यान गुमाएका छन्। मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सृजना भएको छ। उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका ६९८ घटना भएका थिए। त्यसमा २५४ जनाको मृत्यु र ५८७ घाइते भएका उनले जानकारी दिए। प्रदेशभर एक दशकमा ७५७ परिवार चट्याङबाट प्रभावित भएका थिए।
उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट तीन करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ। खेतमा कृषिको काम गरिरहेका किसान चट्याङको सिकार बन्ने गरेका छन्।
कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का दुई हजार ६० घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ। यस अवधिमा मनसुनजन्य विपद्बाट ५८३ मानिसको मृत्यु, १२० बेपत्ता र ७४९ जना घाइते भएका थिए भने १८ हजार ७२८ परिवार प्रभावित भएका थिए।
मनसुनजन्य विपदमध्ये बाढीका ४६४ घटनामा १३२ जनाले ज्यान गुमाएका थिए भने ८२ बेपत्ता र २५ जना घाइते भएका थिए। पहिरोबाट सोही अवधिमा ६७२ घटना भएका थिए। त्यसमा १९२ जनाले ज्यान गुमाउनु परेको थियो भने ३८ जना बेपत्ता र ११९ जना घाइते भएका थिए।
एक दशकको मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ। विपदविज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने पाँच ‘हटस्पट’मा नेपाल पनि पर्ने बताए। जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ।
“प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ”, सुब्बा भन्छन्। चट्याङ प्राकृतिक प्रकोप भए पनि यसबाट हुने क्षति न्यूनीकरणका उपाय भए पनि मानवीय लापरबाहीले बढी क्षति हुने गरेको विज्ञहरू बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
