भारतको पश्चिम बंगालमा सोमबार मालवाहक रेलले यात्रुवाहक कञ्चनजंगा एक्सप्रेसलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
काठमाडौँ– भारतको पश्चिम बंगालमा सोमबार मालवाहक रेलले यात्रुवाहक कञ्चनजंगा एक्सप्रेसलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ६० जनाभन्दा बढी यात्रु घाइते भएको दार्जीलिङ जिल्लाका अधिकारीहरूलाई उदृत् गर्दै भारतीय सञ्चारमाध्यम पीटीआईले जनाएको छ।
मृतकको संख्या बढ्न सक्ने बताइएको छ। फसेका यात्रुहरूलाई राज्य र केन्द्रका धेरै एजेन्सी र स्थानीयले संयुक्त रूपमा उद्धार गरिरहेको समाचारमा जनाएको छ। मृत्यु हुनेमा मालवाहक रेलका पाइलट र को–पाइलट पनि रहेको रेलवेका एक वरिष्ठ अधिकारीले बताए। घाइतेहरूलाई उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
दार्जीलिङको फान्सिडेवा क्षेत्रको रंगापानी रेलवे स्टेसननजिकै स्थानीय समयअनुसार बिहान करिब नौ बजेतिर मालवाहक रेल कञ्चनजंघा एक्सप्रेससँग ठोक्किँदा दुर्घटना भएको थियो। मालवाहक रेलको ठक्करबाट सियालदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसका पछाडिका तीन वटा डिब्बा लिकबाट खसेका थिए।
पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट आफू स्तब्ध भएको उल्लेख गरेकी छन्। जिल्ला मजिस्ट्रेट, प्रहरी अधीक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ। घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
