इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्ध युद्धको नेतृत्व गर्ने जिम्मेवारी दिइएको युद्ध मन्त्रिपरिषद् भंग गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेवारी पाएको युद्ध मन्त्रिपरिषद् भंग गरेका छन्। युद्ध मन्त्रिपरिषद्का एक प्रमुख सदस्यले युद्ध व्यवस्थापन गर्ने तरिकाप्रति निराशा व्यक्त गर्दै सरकारको आलोचना गरेको केही दिनपछि प्रधानमन्त्री नेतान्याहुले यस्तो कदम चालेका हुन्।
यसै महिनाको शुरूआतमा मध्यमार्गी पूर्वसैन्य प्रमुख बेनी गेन्ट्जले युद्ध मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिएका थिए। सरकारमा गेन्ट्जको अनुपस्थितिपछि नेतान्याहुलाई शासन गर्न आफ्ना अतिराष्ट्रवादी सहयोगीमाथि अधिक निर्भर बनाएको छ।
नेतान्याहुले युद्धसँग सम्बन्धित संवेदनशील मुद्दाका लागि आफ्ना केही सरकारी सदस्यसहितको सानो समूह राख्ने एक अधिकारीले बताएको समाचार संस्था एपीले उल्लेख गरेको छ। यसमा युद्धविराम सम्झौताको विरोध र गाजामाथि पुनः कब्जा गर्नका लागि समर्थन गर्ने अतिदक्षिणपन्थी सहभागी सुरक्षा मन्त्रिपरिषद् पनि समावेश छ।
गेन्ट्ज विपक्षी दलको नेता तथा नेतान्याहुका प्रतिद्वन्द्वी रहेको बेला युद्ध मन्त्रिपरिषद्को गठन गरिएको थियो। अक्टोबर ७ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि एकता प्रदर्शनमा गेन्ट्ज गठबन्धनमा सामेल भएका थिए। युद्ध मन्त्रिपरिषद्मा तीन सदस्य गेन्ट्ज, नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट थिए।
हमासको आक्रमणका क्रममा बन्धक बनाइएका मानिसहरूको रिहाइको बदलामा इजरायल र हमासले युद्धविरामको पछिल्लो प्रस्तावमाथि विचार गरिरहेका छन्। इजरायली सेना अहिले पनि गाजापट्टीमा फसेका छन्। उनीहरू दक्षिणी शहर रफाह र अन्य स्थानमा हमासको पुनरुदयविरुद्ध लडिरहेका छन्। साथै इजरायल र लेबनानी हिजबुल्लाह लडाकु समूहबीच हिंसा जारी छ।
नेतान्याहुलाई इजरायलको शीर्ष सहयोगी अमेरिका, युद्धको बढ्दो विश्वव्यापी विरोध तथा आफ्ना सरकारी सहयोगी वित्तमन्त्री बेजेलेज स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरको दबाबबीच सन्तुलन बनाउने सकस भइरहेको छ। यता, दुवै मन्त्रीले इजरायलले युद्धविराम सम्झौतामा अघि बढाएमा सरकार ढाल्ने धम्की दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
