अर्जेन्टिना र पोल्यान्ड कतार विश्वकप २०२२ को नकआउट चरणमा पुगेका छन्।
काठमाडाैँ– अर्जेन्टिना र पोल्यान्ड कतार विश्वकप २०२२ को नकआउट चरणमा पुगेका छन्।
स्टेडियम ९७४ मा बुधबार राति सम्पन्न खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। दुई खेलमा एक जित र एक बराबरी खेलेको पोल्यान्डलाई अघिल्लो चरणमा पुग्न गोलरहित बराबरीको नतिजा नै पर्याप्त थियो। यता, अर्जेन्टिनालाई भने जितको विकल्प थिएन।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एकएक गोल गरे। खेलको ३९औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। बल बचाउने क्रममा पोलिस गोलरक्षक वोजसिएक सेचेज्नीले कप्तान लिओनल मेस्सीको अनुहारमा प्रहार गरेपछि भीएरले पेनाल्टी दिएको थियो। तर, मेस्सी पेनाल्टीमा गोल गर्न चुके। उनको प्रहार पोलिस गोलरक्षक सेचेज्नीले बचाए।
४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई शुरुआती अग्रता दिलाए। नाहुएल मोलिनाले दिएको पासमा उनले गोल गरे। ६७ औँ मिनेटमा एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाए।
यस जितसँगै दुईपटकको विश्वविजेता अर्जेन्टिना समूह सीको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अर्जेन्टिनाले ३ खेलमा खेलमा दुई जित र एक हारसहित ६ अंक जोड्यो। पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २-१ ले पराजित भएको थियोे।
यता, समूह उपविजेता पोल्यान्डले तीन खेलमा चार अंक जोड्यो। पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो खेलमा साउदीलाई २-० ले पराजित गरेको थियो।
समान अंक जोडेको मेक्सिको भने समूह चरणबाटै बाहिरियो। यस्तै, लुसाइल स्टेडियममा बुधबार राति नै सम्पन्न अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले हराएको थियोे।
४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
