इटलीमा दुईवटा जहाज डुब्दा ११ आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

तटरक्षकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। बेपत्ता भएकाहरू अफगानिस्तान र इरानबाट आएको बताइएको छ।

इटलीको तटमा दुईवटा छुट्टाछुट्टै जहाज दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्। बेपत्ता रहेकाहरू पनि जीवित फेला पर्ने सम्भावना कम रहेको उद्धारकर्ताहरूले बताएका छन्।

जर्मन परोपकारी संस्थाद्वारा सञ्चालित नादिरका उद्धारकर्ताले मध्य भूमध्यसागरमा काठको डुंगाको तल्लो डेकमा १० जनाको शव फेला पारेका थिए। परोपकारी संस्थाले ट्युनिसियाबाट डुबेको जहाजमा सवार ५१ जनालाई बचाएको बताएको छ।

राई न्युजका अनुसार इटालियन टापु लाम्पेडुसाबाट करिब ४० माइल दक्षिणमा जहाज दुर्घटना भएको हो। 

तटरक्षकहरूले सम्भावित बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। समुद्रमा हराएकाहरू अफगानिस्तान र इरानबाट आएको बताइएको छ।