एल साल्भाडोर र ग्वाटेमालामा शनिबारदेखि नै वर्षा भइरहेको छ। राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोल खस्दा अन्य दुई जनाको मृत्यु भएको छ।
मध्य अमेरिकामा भारी वर्षासँगैको बाढी पहिरोमा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको छ।
बाढीबाट एल साल्भाडोर र ग्वाटेमालामा सबैभन्दा बढी प्रभावित भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले बताइन्। पश्चिमी जिल्ला टाकुबामा बाढीले सोमबार पाँच जनाको मृत्यु भएको थियो। यस्तै, राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोल खस्दा अन्य दुई जनाको मृत्यु भएको थियो।
शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताइन्। शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ।
ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको थियो।
उता, इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेको संख्या बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीले बताएका छन् ।
उनीहरूका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा पनि भारी वर्षाका कारण पहिरो गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
