मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा लिंदेनले भौतिकमन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै अर्बौं रुपैयाँ विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले प्रतिनिधिसभाको रोस्टममै उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिएका लिंदेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्र अर्बौंको बजेट विनियोजन गरेकोप्रति विरोध गर्दै बजेट पुस्तिका च्यातेका हुन्।
“सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हुँ। रिस उठ्छ कहिलेकाहीँ तर एक छिनपछि सेलाउने र मन बुझाउने ठान्छु। तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (बजेट पुस्तिका च्यात्दै) हुर्याउन मन छ,” उनले भने, “तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम) राख्छु।”
उनले सामान्य मर्यादासमेत नराखी राज्यस्रोत माथि गरेको मनपरी सहन नसक्ने बताए। “यहाँ जिल्लाको नाम छाप्दा धेरै देखिन्छ भनेर जिल्लाको नामै नराखी योजना राखिएको छ,” उनले भने। कसैको निर्वाचन क्षेत्रमा एउटै योजना नराख्ने र कसैकोमा अर्बौंको योजना राख्नुपर्ने कारण, विधि र पद्धतिबारे जानकारी दिनसमेत लिंदेनले माग गरे।
महासेठले बजेट बनाउँदा विधि भत्काएको बताएका उनले त्यसले देशको विधि भत्काउने राप्रपाको कामलाई सहयोग गरेको तर्क गरे । अध्यक्ष लिंदेनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदले टेबुल ठोकेर समर्थन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
