कपाल प्रत्यारोपणलाई टर्किएले स्वास्थ्य पर्यटनकै रूपमा विस्तार गरेको छ। विविध कारणले टर्किए कपाल प्रत्यारोपणको प्रमुख गन्तव्य बन्दै गइरहेको छ।
कपाल खुइलिने समस्याबाट छुटकारा पाउनका लागि मानिसहरूले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट)को सहारा लिइरहेका छन्। अहिले धेरै यस्ता प्रविधिहरू आइसकेका छन् जसको प्रयोग गरेर टाउकोमा बाक्लो कपाल बनाउन सकिन्छ।
कपाल प्रत्यारोपण पनि एउटा यस्तो विधि हो जसबाट टाउकोमा कपाल उब्जाउन सकिन्छ। यो एक सर्जिकल प्रक्रिया हो जसमा शरीरको रौँ भएको भागबाट कपालको फोलिकल लिएर टाउकोको खुइलेको भागमा प्रत्यारोपण गरिन्छ।
कपाल खुइलिने समस्याबाट छुटकारा पाउन संसारभरबाट मानिसहरू टर्किए जाने गरेका छन्। अहिले अवस्था यस्तो छ कि, युरो–एशियाली देश टर्किए विश्वको ‘हेयर ट्रान्सप्लान्ट क्यापिल’ बनेको छ। विभिन्न कारणले टर्किए कपाल प्रत्यारोपणको प्रमुख गन्तव्य बन्दै गइरहेको छ।
यस क्षेत्रलाई टर्किएले स्वास्थ्य पर्यटनकै रूपमा लिएको छ। टर्किएको समाचार एजेन्सी ‘एए’का अनुसार सन् २०२२ मा १० लाख मानिस कपाल प्रत्यारोपण गर्न त्यहाँ पुगेका थिए। उनीहरूले त्यहाँ दुई अर्ब अमेरिकी डलर (२६ खर्ब रुपैयाँ) खर्चेका थिए।
कपाल प्रत्यारोपणको लागत टाउकोको कति भाग प्रत्यारोपण गर्नुपर्ने, क्लिनिकको प्रकार र शल्यचिकित्सकसँग कति विशेषज्ञता छ जस्ता धेरै कुरामा निर्भर हुने हुने गरेको छ।
टर्किएमा कपाल प्रत्यारोपण गर्न औसत १५०० देखि ३५०० अमेरिकी डलर अर्थात् दुईदेखि साढे चार लाख रुपैयाँसम्म लाग्ने गरेको छ। नेपालमा पनि कपालको मात्रा हेरेर दुईदेखि पाँचलाख रुपैयाँसम्म खर्च लाग्छ। कतिपय नेपाली भारतमा गएर पनि कपाल प्रत्यारोपण गराइरहेका छन्। भारत र टर्किए दुवैमा कपाल प्रत्यारोपण पश्चिमी देशको तुलनामा कम लागतमा गरिन्छ। तर टर्किएमा यसैलाई लिएर सरकारले हेल्थ पर्यटन नै विस्तार गरेकाले धेरै विश्वासिलो र गुणस्तरीय मानिन्छ।
भारतको गुरुग्रामस्थित आर्टेमिस अस्पतालमा कस्मेटिक र प्लास्टिक सर्जरी प्रमुख डा विपुल नन्द भन्छन्, “त्यहाँ धेरै दक्ष र अनुभवी शल्यचिकित्सकहरू छन्, आधुनिक चिकित्सा सुविधाहरू र प्रत्यारोपणहरू पश्चिमी देशहरू भन्दा धेरै कम लागतमा गरिन्छ। टर्किएले पश्चिमी देशहरू भन्दा सस्तो चिकित्सा पर्यटन प्याकेजहरू प्रदान गर्दछ, जसमा होटल र यातायात समावेश छ। त्यहाँका कपाल प्रत्यारोपण क्लिनिकहरूले नयाँ प्रविधि प्रयोग गर्दै आएका कारण मानिसहरूले उत्कृष्ट नतिजा पाइरहेका छन्।”
डाक्टर भन्छन्, "टर्किए सस्तो छ, विज्ञ डाक्टर छन्, गुणस्तरीय प्रत्यारोपण सुविधा छ, त्यसैले कपाल प्रत्यारोपण गर्नेहरूमाझ यो देश लोकप्रिय भएको छ।"
ग्लोबल हेयर ट्रान्सप्लान्ट बोर्डका प्रमाणित कपाल प्रत्यारोपण सर्जन डा अमरेन्द्र कुमार भन्छन्, "टर्किए सरकारले पनि कपाल प्रत्यारोपणलाई विशेष महत्त्व दिने गरेको छ। त्यहाँ सरकारद्वारा अनुमोदित क्लिनिकहरू छन् जसले कपाल प्रत्यारोपण कार्य धेरै कुशलतापूर्वक गर्दछन्।"
यससँगै कपाल प्रत्यारोपणका लागि त्यहाँ जाने व्यक्तिलाई टर्किए सरकारले आर्थिक सहयोग पनि गर्छ। टर्किएको भूगोल पनि यस्तो छ कि यो संसारका विभिन्न भागहरूसँग जोडिएको छ र सबै ठाउँका मानिसहरू कपाल प्रत्यारोपणको लागि टर्किए जान सहज मान्छन्। तर, सुविधाका साथसाथै त्यहाँ कपाल प्रत्यारोपणको कालोबजारी पनि बढीरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
