सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद्अन्तर्गतका समितिका सचिवलाई गैरसरकारी संस्थाको सहयोग लिँदा सतर्क रहन निर्देशन दिएका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्अन्तर्गतका समितिका सचिवहरूलाई गैरसरकारी संस्थाको सहयोग लिँदा सतर्क रहन निर्देशन दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाले खाजा खुवाएको विषयलाई लिएर आलोचना भइरहेको बेला सभामुख र राष्ट्रियसभा अध्यक्षले सहयोगका विषयमा सतर्कता अपनाउन समितिका सचिवलाई सचेत गराएका हुन्।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिका सचिवहरूलाई लेखेको पत्रमा संघीय संसद्को संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग लिएको विषयमा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालको ध्यानाकर्षण भएको उल्लेख छ।
पत्रमा यसअघि पनि संघीय संसद्अन्तर्गतका समिति तथा सचिवालयलाई सहयोग गर्ने, सदस्यको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गुनासा आएको उल्लेख छ। त्यसपछि समय–समयमा सतर्क गराउँदै आइएको पनि पत्रमा स्मरण गराइएको छ।
“यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधिसभाका सम्माननीय सभामुख र राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ,” पत्रमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
