म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले १०० रोपनी जग्गामा फलाइएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरिएको छ।
गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ब्रान्डिङ गरेर बजार पठाइने भएको छ।
१०० रोपनी जग्गामा फलाएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए। बेलढुंगा म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो। ७५ रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएको छ। स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्रान्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको पुनको भनाइ छ।
फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ। समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ। सानालाई प्रतिकिलो ३५, मध्यमको ४० र ठूलो आलु प्रतिकिलो ५० रुपैयाँमा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ।
समुद्र सतहबाट एक हजार ६०० देखि तीन हजार ५०० मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने कृषि ज्ञान केन्द्र प्राविधिक सहायक श्यामशरण कर्मीले बताए। उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएको उनको भनाइ छ।
जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त मानिन्छ। केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको छ।
गण्डकी प्रदेश सरकारले म्याग्दीमा आलुको विस्तार र व्यावसायिकताका लागि चालु आवमा तीन करोड बजेट विनियोजन गरेको थियो। केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
