दोलखाका १० मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि मतदान जारी छ।
दाेलखा– दोलखाका १० मतदान केन्द्रमा बिहीबार बिहानैदेखि मतदान जारी छ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि मतदान शुरू भएको हो। ती मतदान केन्द्रका चार बुथमा आठ हजार ५१४ मतदाता रहेकाे उनले बताए।
निर्वाचन आयोगको मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा मतदान गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्र क, ख र ग केन्द्रमा पनि मतदान भइरहेकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
