वीर अस्पताल सामुन्ने रहेको महांकाल परिसरमा कृषि सामग्री, बिउबिजन आदिका ४५ वटा पसल–कवल सञ्चालनमा रहेका थिए।
काठमाडौँ– वीर अस्पताल सामुन्ने रहेको ऐतिहासिक महांकाल मन्दिर परिसरमा रहेका सबै पसल एक साताभित्र हटाइसक्न काठमाडौँ महानगरपालिकाले ताकेता गरेको छ।
गुठीअन्तर्गत रहेको महांकाल मन्दिर परिसरमा ६३ वर्षयता सञ्चालित एजुकेसनल इन्टप्राइजेजका प्रबन्धक मोहनबहादुर श्रेष्ठका अनुसार, महानगरले दिएको आदेशअनुसार शनिबार (जेठ ८) भित्रमा सबै पसल हटाइसक्नुपर्नेछ। बिशेषत विदेशी साहित्यका सामग्री र नेपाली पाठ्यपुस्तक समेत बिक्रीमा राख्दै आएको इन्टरप्राइजेजले आफ्नो पुस्तक सामग्री महांकालबाट उठाएर अन्यत्र भण्डारण गर्न थालिसकेको छ।
आफूले महांकाल परिसरमा पसल राखेबापत मासिक डेढ लाख रुपैयाँ गुठी संस्थानलाई तिर्दै आएको प्रबन्धक श्रेष्ठले जानकारी दिए। महांकाल परिसरमा कृषि सामग्री, बिउबिजन आदिका ४५ वटा पसल–कवल सञ्चालनमा रहेका थिए।
“हामीले यहाँ १८ सालदेखि पुस्तक पसल थापेका हौँ, त्यो बेला अञ्चलाधीश कार्यालयको अनुमतिमा पसल शुरू गरिएको थियो,” प्रबन्धक श्रेष्ठले भने, “२०२८ सालदेखि मात्रै गुठीअन्तर्गत यहाँका पसल–कवल (३ फुटे ढोका) सञ्चालनमा आएका हुन्।”
बितेको ५५ वर्षयता आफू स्वयं एजुकेसनल इन्टप्राइजेजमा पुस्तक बिक्रीमा बसेको इतिहास सम्झँदै ७२ वर्षीय श्रेष्ठले समयानुकूल आएको परिवर्तन र शासकीय पद्धतिलाई सबैले मिलेर साथ दिनुपर्ने धारणा राखे।
स्टकमा रहेका पुस्तकलाई अहिले गैरीधारास्थित आफ्नै निवासमा थुपारेर राख्ने र पछि अवस्था हेरिकन बिक्री पसल खोल्ने उनको योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
