प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।
काठमाडौँ– नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान मृत भेटिएका छन्।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन्।
उनको शव बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए। गोले बुधबार बिहान ६ देखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए।
प्रमुख रजौरेका अनुसार गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेको आशंका गरिएको छ। घटनासम्बन्धी विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
