तराईका जिल्लामा बढी देखिने मलेरिया, डेंगीलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
महेन्द्रनगर– लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीको संक्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगीलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगीको संक्रमण पनि बढ्दै गएको बताए। उनका अनुसार गत माघ यता सुदूरपश्चिममा १४० जनामा डेंगीको संक्रमण देखिएको छ। सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना संक्रमित फेला परेका उनले जानकारी दिए।
निर्देशनालयको तथ्यांकअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेलधुरामा तीन र बैतडीमा दुईजनामा संक्रमण देखिएको छ।
“पानी पर्न थालेपछि तराईमा समेत संक्रमण बढ्ने जोखिम रहन्छ,” जोशीले भने, “अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन्। पानी परेर केही चिसो हुन थालेपछि संक्रमणको जोखिम बढ्ने छ।” पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ संक्रमण देखिन थालेको उनले बताए।
डेंगी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालमा संक्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए। स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका छन्।
निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार १९४ जनामा डेंगी संक्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
