बाढी पहिरोबाट सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
ताप्लेजुङ– ताप्लेजुङमा मनसुनी वर्षा शुरू भएयता बढी पहिरोका कारण ८१ घरका ३४२ जना विस्थापित भएका छन्।
एक साताको अवधिमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार आठ घर पूर्ण रूपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन्। जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका छन्।
“बाढी पहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन्। चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेबल पुलसहित चारवटा पुल बाढीले बगाएको छ,” प्रजिअ आचार्यले भने। विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए।
पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका रहेका छन्। पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चार जनाको निधन भएको थियो भने पाँचथर फिदिमका एक जनाको सिरीजंघामा निधन भएको थियो।
पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ। अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन्। सिरीजंघा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन्।
बाढी पहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन्। हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
