युक्रेनसँगको युद्धमा अन्तर्राष्ट्रिय प्रतिबन्धपछि रुसले उत्तर कोरियासँग सैन्य र अन्य सहयोगलाई बढावा दिइरहेको छ।
काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार उत्तर कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन भव्य तामझामका साथ विमानस्थलमा पुगेका थिए।

त्यहाँबाट राष्ट्रपति पुटिन र किम औपचारिक स्वागत समारोहका लागि मोटरकेडमा प्योङयाङ सेन्ट्रल स्क्वायरतर्फ गए। कोरियाली प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी थिइन्।

पुटिनको भ्रमणमा किमले ठूलो स्रोत खर्च गरेको देखिन्छ। प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक छेउमा मानिसहरू हातमा रुसी र उत्तर कोरियाको झण्डा बोकेर ठूलो संख्यामा भेला भएका थिए। रूसी टुडेका अनुसार, स्क्वायर स्थानीय बासिन्दाहरूले खचाखच भरिएको थियो। उनी रुसी राष्ट्रपतिलाई स्वागत गर्न त्यहाँ पुगेका थिए। त्यहाँ सैनिक अर्केस्ट्राले दुवै देशको राष्ट्रिय धुन बजाएको थियो।


औपचारिक स्वागत समारोहमा किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रसियालाई सधैँ सहयोग गर्ने वाचा पनि दिए। उनले उत्तर कोरियालले युक्रेन र रुसबीच जारी युद्धमा रुसको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरे। किमले विश्व रणनीतिक सन्तुलनमा रुसको भूमिकाको प्रशंसा गर्दै र रुससँग ‘रणनीतिक सहयोग सुदृढ गर्ने’ वाचा गर्दै दुई देशबीचको सम्बन्ध ‘समृद्धिको नयाँ चरणमा प्रवेश गरिरहेको’ बताएको रुसी समाचार एजेन्सी तासलाई उदृत गर्दै सियोलस्थित कोरिया टाइम्सले जनाएको छ।

"प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको सरकार सार्वभौमसत्ता, सुरक्षा हित र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले युक्रेनमा विशेष सैन्य अभियान सञ्चालन गर्न रुसी सरकार, सेना र जनतासँग पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दछ," किमले भनेका छन्।

पुटिनले युक्रेनमा मस्कोको नीतिलाई प्योङयाङको समर्थनका लागि किमप्रति कृतज्ञता व्यक्त गर्दै दुई पक्षले ‘व्यापक रणनीतिक साझेदारी सन्धि’मा हस्ताक्षर गर्ने अपेक्षाको बीचमा दुई देशबीचको सम्बन्धको आधारको रूपमा काम गर्न नयाँ ‘आधारभूत दस्तावेज’ तयार गरिएको बताए।
पुटिनले किमसँग अर्को शिखर वार्ता मस्कोमा गर्ने आशा पनि व्यक्त गरेका छन्। गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा शिखर वार्ता भएको नौ महिनापछि दुई नेताले फेरि भेट गरेका हुन्। किनभने युक्रेनसँगको युद्धमा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अन्तर्गत रुसले उत्तर कोरियासँग सैन्य र अन्य सहयोगलाई बढावा दिइरहेको छ।

उत्तर कोरिया र पूर्व सोभियत संघले सन् १९६१ मा मित्रता र पारस्परिक सहयोगको सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिमा तथाकथित स्वचालित सैन्य हस्तक्षेपको प्रावधान समावेश थियो, जस अन्तर्गत एक पक्षले सशस्त्र आक्रमणमा परेमा अर्कोले सैन्य र अन्य सहायता प्रदान गर्दछ।
पुटिन र किमबीचको भेटवार्तालाई चीनले स्वागत गरेको छ। पुटिनले एक महिनाअघि मात्रै चीन भ्रमण गरेका थिए। यस क्रममा उनले आफू र चीनका सी जिनपिङ ‘दाजुभाइ जस्तै नजिक’ रहेको घोषणा गरेका थिए।

पुटिनको प्योङयाङ भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार भनेका छन्, "रुससँग परम्परागत सम्बन्ध भएका देशहरूसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्न बेइजिङले स्वागत गर्दछ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
