प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन्।
यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे।
बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझे सांकेतिक विरोधस्वरूप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास नेपालमा पनि छ। प्रतिनिधिसभा नियमावलीको नियम १४३ मा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न तीन तरिका उल्लेख गरिएको छ। बजेट शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्न, शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाउन र शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाउन गरी तीन तरिकाले खर्च कटाैतीको प्रस्ताव गर्ने व्यवस्था रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
