ब्राजिलका चर्चित पूर्वफुटबलर पेलेलाई नियमित जाँचका लागि अल्बर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको छ।
काठमाडाैँ– ब्राजिलका चर्चित पूर्वफुटबलर पेले अस्पताल भर्ना भएका छन्। क्यान्सरसँग लडिरहेका पेलेलाई नियमित जाँचका लागि अल्बर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको हो।
उनकाे अवस्था चिन्ताजनक भने नरहेकाे छोरी केली नासिमेन्टोले जानकारी दिएकी छन्। “मेरो बुवाको स्वास्थ्यको बारेमा मिडियामा धेरै समाचार आइरहेका छन्। उहाँ नियमित चेकअपका लागि अस्पताल जानुभएको हाे। कुनै आपतकालीन अवस्था छैन”, उनले इन्स्टाग्राममा लेखेकी छन्।
२०२१ सेप्टेम्बरमा ८२ वर्षीय पेलेको कोलोन (ठूलो आन्द्रा)बाट ट्युमर निकालिएको थियो। त्यसयता उनी नियमित अस्पताल जान्छन्। ईएसपीएन ब्राजिलका अनुसार पेलेलाई मुटुको पनि समस्या छ।
पेलेले ब्राजिललाई तीन पटक विश्वकप जिताएका थिए। उनको नेतृत्वमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। सन् १९५८ को विश्वकपको फाइनलमा उनले सुडानविरुद्ध दुई गोल गरेका थिए।
आफ्नो व्यावसायिक करियरमा उनले एक हजार ३६३ खेल खेल्दै एक हजार २८१ गोल गरेका छन्। ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
