जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ।
काठमाडौँ– पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ मध्ये पाँच जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बुधबार जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारीसहित कर्मचारीहरू ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
५१ वर्षीय नवराज ढोडारी काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत थिए । ३६ वर्षीय नवराज घिमिरे मन्दिरमा ब्राह्मण थिए भने उनी काठमाडौँ–६ बस्दै आएका थिए।
यस्तै, कोषका बाजा बजाउने कर्मचारीहरू भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१२ का २९ वर्षीय सञ्जय कपाली, कागेश्वरी मनोहरा– ८ का ३४ वर्षीय अनिल परियार, कागेश्वरी मनोहरा–९ का ३५ वर्षीय कुमार दमाई परियार र पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
काठमाडौँ–८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। गत जेठ ७ गते पशुपतिनाथको भेटी चोरी गरेको सीसीटीभी फुटेजमा देखिएपछि उनीहरूलाई पक्राउन गरी अनुसन्धान गरिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ। भेटी चोरी गर्ने समूहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना माग दाबी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
