साउदी अरबमा अत्यधिक गर्मीका कारण ६४५ हजयात्रीको मृत्यु

मृत्यु हुनेमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिक छन्। भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको छ।

अत्यधिक गर्मीका कारण साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६०० नाघेको छ। बुधबार साँझसम्म ६४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन्। मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिक छन्। भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कूटनीतिक नियोगलाई उद्‌धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन्। 

हज यात्राका क्रममा बर्सेनि सयौँ यात्रीको मृत्यु गरेको छ। तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीले बताएका छन्।

“यो हरेक वर्ष हुन्छ। तर अब केही दिनमा यो अझै बढेर जाँदै छ भन्ने कुरा चाहिँ हाम्रो लागि जोखिमपूर्ण हो,” एक अधिकारीले भनेका छन्।