गौँथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा नेपालको पहाडी भूभागमा पहिलो पटक देखिएको हो।
भक्तपुर– युरोप, दक्षिण तथा पश्चिम एशियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलो पटक भक्तपुरको मनोहरामा देखिएको छ।
तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पक्षी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए। उनले काठमाडौँ उपत्यकामा पहिलो पटक भक्तपुरको मनोहरामा यो चरा देखिएको बताए।
पक्षी पथ प्रदर्शक शंकर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्वीर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिए।
नेपालमा पहिलो पटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देखेका थिए। उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पक्षी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए।
गौँथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडी नै देखिएको उनले बताए।
युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उनले जानकारी दिए। यो सँगै मनोहरामा पक्षीका करिब ३०० प्रजाति अभिलेख भएका छन्।
एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो। नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपक्षी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पंखे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा १९२ वर्षपछि पानी गौँथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
