सुनसरी–४ बाट ज्ञानेन्द्र कार्की विजयी

सुनसरी क्षेत्र नम्बर ४ बाट एमालेका जगदीश कुसियैतलाई ११२ मतान्तरले पराजित गर्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।

सुनसरी– सुनसरी क्षेत्र नम्बर ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।

उनले एमालेका जगदीश कुसियैतलाई ११२ मतान्तरले पराजित गरेका हुन्। कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। कुसियैतले ३० हजार ३७१ मत पाए। 

सञ्चारमन्त्रीसमेत रहेका कार्कीले यहाँबाट दोस्रो पटक जित निकालेका हुन्।