इजरायलमा ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत

इजरायलले श्रमिक अभावको समस्या सम्बोधन गर्न कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत गरेको छ।

इजरायलले श्रमिक अभावको समस्या सम्बोधन गर्न चार क्षेत्रका लागि ९० हजारभन्दा बढी विदेश कामदार भित्र्याउने भएको छ। कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले घोषणा गरेको हो। इजरायलले पहिलो पटक रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदार ल्याउन अनुमति दिएको हो।

योजनाअन्तर्गत कृषिका लागि सबैभन्दा धेरै ७० प्रतिशत कोटा छुटाइएको छ। इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक कमीको सामना गरिरहेको छ। अक्टोबर ७ अघि इजरायलमा २९ हजार ९०० विदेशी कामदार रहेको थिए। उनीहरूले प्रायः खेत, बगैँचा ग्रिनहाउस र प्याकिङ प्लान्टमा काम गर्ने गर्थे।

धेरैजसो यस्ता क्षेत्रहरू लेबनानको सिमानाको दुई किलोमिटरभित्र छन् जहाँ किसानले स्वतन्त्र रूपमा खेत र बगैँचामा काम गर्ने गर्छन्। विदेशी कामदारले उद्योग तथा होटलमा श्रम आपूर्ति गर्ने योजनामा शुरूमा दुई हजार मानिसहरूले पहिलो पटक रेस्टुरेन्टमा काम गर्नेछन्।

रिक्त स्थान पुर्ति गर्न इजरायली कामदारलाई सैन्य आरक्षित कर्तव्यका लागि बोलाइएको छ। प्यालेस्टिनी मजदुरलाई हाल सुरक्षा जोखिमका कारण प्रतिबन्ध लगाइएको छ। जसका कारण इजरायलमा कामदार अभाव उच्च अवस्थामा रहेको बताइएको छ।