आफूलाई कामको जिम्मेवारी नदिएर तलब मात्र दिँदा आत्मसम्मानमा चोट पुगेको भन्दै ती कर्मचारी कानूनी लडाइँ लड्दै आएकी छन्।
फ्रान्समा टेलिकमकी एक महिला कर्मचारीले आफूलाई २० वर्षसम्म कुनै कामको जिम्मेवारी नदिएर तलब मात्र दिएको भन्दै न्यायिक लडाइँ लडिरहेकी छन्।
लरेन्स भान वासेनहोभ नामकी ती महिला शारीरिक दुर्बलताका बाबजुद पनि सन् १९९३ मा फ्रान्स टेलिकमको सरकारी कर्मचारीका रूपमा नियुक्त हुन सफल भएकी थिइन्। त्यतिबेला उनको हात र अनुहारमा आंशिक पक्षघातका साथै मृगीको समस्या पनि थियो।
यस्तो अवस्थामा उनको अवस्थालाई ध्यानमा राखेर उनलाई काम दिइएको हो। सन् २००२ सम्म सबै ठीकठाक चल्यो तर जब उनी अर्को कार्यालयमा सरुवा भइन्, त्यहाँको परिस्थिति अर्कै थियो। त्यतिन्जेलसम्म फ्रान्स टेलिकमलाई ‘ओरेन्ज’ नामको कम्पनीले कब्जा गरिसकेको थियो, जसले आफ्नो समस्या अनुसारको स्थान नदिएको ती महिलाको भनाइ छ। यद्यपि उनले विगत २० वर्षदेखि तलब भने समयमै पाइरहेकी छन्।
ओरेन्जले बेवास्ता गरिरहेपछि आफूमाथि भेदभाव भएको भन्दै उनले उच्च निकायमा पुगेर पनि आफ्नो समस्या रिपोर्ट गराइन्। त्यसपछि सन् २०१५ मा, ओरेन्जले समस्या समाधानका लागि एक मध्यस्थकर्ता नियुक्त गर्यो। तर समस्याको समाधान भने भएन।
त्यसपछि ती महिला अदालती प्रक्रियामा पनि गइन्। आफूलाई कामको जिम्मेवारी नदिएर तलब मात्र दिँदा आत्मसम्मानमा चोट पुगे जस्तो अनुभव भएपछि उनले अदालतको ढोका ढकढक्याउनुपर्यो।
अहिले उनी वकिल राखेर कानूनी लडाइँ लडिरहेकी छन्। कम्पनीले काम नदिई तलब मात्र दिएर कार्यस्थलमा नैतिक दुर्व्यवहार र भेदभाव गर्दै भान वासेनहोभलाई जागिर छोड्न बाध्य पारेको उनका वकिलको दाबी छ। तर कम्पनीले भने महिलाका लागि उत्कृष्ट कार्य संस्कृति प्रदान गर्दै आएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
