साउदी अरबमा अत्यधिक गर्मीका कारण एक हजारभन्दा बढी हजयात्रीको मृत्यु भएको छ। मृतकमध्ये करिब आधा हजका लागि आधिकारिक रूपमा नाम दर्ता नगराएका तीर्थयात्री रहेका छन्।
यस वर्षको हज यात्राका क्रममा ज्यान गुमाउनेको संख्या एक हजार नाघेको समाचार संस्था एएफपीले जनाएको छ।
साउदी अरबमा अत्यधिक गर्मीका कारण उनीहरूको मृत्यु भएको हो। मृतकमध्ये करिब आधा हज यात्राका लागि आधिकारिक रूपमा नाम दर्ता नगराएका तीर्थयात्रीहरू रहेको समाचारमा जनाइएको छ।
साउदी अरबका एक कूटनीतिज्ञका अनुसार हज यात्रामा मृत्यु हुनेको बिहीबार प्रकाशित नयाँ विवरणमा इजिप्टका ५८ जना रहेका छन्। उनले मृतकमध्ये ६३० जना नाम दर्ता नगराएका तीर्थयात्री रहेको बताए।
हज तीर्थयात्राको क्रममा लगभग १० देशका एक हजार ८१ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। इस्लामिक क्यालेन्डरद्वारा निर्धारित समयमा गरिने हज यस वर्ष साउदी अरबको प्रचण्ड गर्मीको समयमा परेको हो।
साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको शुरूमा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो। गत महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ।
प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीले आधिकारिक अनुमतिको महँगो शुल्क तिर्न नसक्दा गैरकानूनी तरिकाबाट हज यात्रा गर्ने प्रयास गर्छन्।
साउदी अरबका अधिकारीहरूका अनुसार यस महिनाको शुरूमा मक्काबाट थुप्रै दर्ता नभएका तीर्थयात्रीलाई फिर्ता गरेको भए पनि धेरै जना गत शुक्रबार शुरू भएको मुख्य संस्कारमा सहभागी भएका थिए।
अधिकारीहरूले आधिकारिक अनुमतिबिना प्रवेश गर्नेको संख्या धेरै भएपछि र तीर्थयात्रीको व्यवस्थापन गर्न नसक्दा यस वर्ष जोखिम बढी भएको बताएका छन्।
इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीहरूको मृत्यु भएको बताएका छन्।
इजिप्टबाहेक, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तानले पनि आफ्नो नागरिकको मृत्यु रिपोर्ट गरेको छन्। मृतकका परिवार र आफन्तहरूले सम्पर्कविहीन तीर्थयात्रीको खोजी गरिरहेका बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
