युक्रेनसँगको युद्धका क्रममा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्न ईयूले अन्तर्राष्ट्रिय अदालतसामु माग राखेको छ।
युक्रेनी युद्धमा रुसले गरेका सम्भावित युद्ध अपराधबारे अनुसन्धान गर्न युरोपेली युनियन (ईयू)ले राष्ट्रसंघीय विशेष अदालतलाई आग्रह गरेको छ। त्यस्तै, ईयूले रोक्का गरिएका रुसी सम्पत्तिलाई युद्धग्रस्त युक्रेनको पुनर्निर्माणमा प्रयोग गर्न पनि माग गरेको छ।
त्यस्तै, ईयूकी अध्यक्ष उर्सुला भोन डर लियनले न्यायाधिकरणका लागि आवश्यक बृहत् अन्तर्राष्ट्रिय सहायताका लागि ईयूले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर काम गर्ने बताएकी छिन्।
अन्तर्राष्ट्रिय अपराध अदालतका लागि आवश्यक सहायतालाई निरन्तरता दिने पनि उनको भनाइ छ। ईयू अध्यक्ष लियनले युक्रेनमा युद्धका बेला भएको क्षति रुसले तिर्नुपर्ने ईयूको मान्यता रहेको बताइन्।
उनले युक्रेनमा ६ खर्ब युरो बराबरको अनुमानित भौतिक क्षति भएको पनि बताइन्। रुस र त्यहाँका सम्भ्रान्त धनाढ्यहरूले युक्रेनको क्षति र त्यहाँ पुनर्निर्माणको जिम्मा लिनुपर्नेमा अध्यक्ष लियनको भनाइ थियो। उनले भनिन्, “रुसलाई क्षतिपूर्ति तिर्न बाध्य पार्ने अस्त्र हामीसँग छ।”
रुसको केन्द्रीय बैंकको ३ खर्ब युरो र रुसी सम्भ्रान्तहरूको १ अर्ब ९० करोड युरो रोक्का गरिएको बताउँदै उनले भनिन्, “यिनै कोषको रकम खर्च गर्ने संयन्त्र बनाउन हाम्रा साझेदारहरूलाई आग्रह गर्न सक्छौँ। यो कोषको प्रयोग गर्न सक्छौँ ता कि रुसले त्यहाँको पूर्ण क्षतिपूर्ति तिरोस्।”
साथै, ईयूले रुसी सम्पत्तिमाथिको प्रतिबन्ध फुकुवाको विषय युक्रेन र रुसको शान्ति सम्झौताले मात्रै निर्धारण गर्ने र रुसले क्षतिपूर्तिको जिम्मा लिने विषयसँग जोडिएको समेत भनेको छ।
फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता युक्रेनी भूमिमा रुसले युद्ध अपराध गरेको र यसको निष्पक्ष अनुसन्धान गर्न युक्रेनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बेला ईयूले पनि अन्तर्राष्ट्रिय फौजदारी अदालतको ध्यानाकर्षण गराएको हो।
युक्रेनको राजधानी किभको उपनगर बुचामा सर्वसाधारणमाथि भएको आक्रमण, मार्च १६ मा मोरियोपोल, जापोरिजियाजस्ता स्थानमा भएको आक्रमणमा कूल ६०० जना मारिएको एसोशियट प्रेसको अनुसन्धानले देखाएको छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
