गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले आफूमाथि माओवादी केन्द्रले गरेको कारबाही गैरकानूनी भएको दाबी गर्दै कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश माग गरेका छन्।
काठमाडौँ– गण्डकी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलको कारबाहीविरुद्ध प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका देवकोटाले बिहीबार दायर गरेको रिट निवेदनमा आफूमाथि भएको कारबाही गैरकानूनी भएको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश माग गरिएको छ।
रिट निवेदनमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
रिट निवेदनमा गत जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नू भन्ने आदेशको माग गर्दै प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नू भनी अन्तरिम आदेशको माग गरिएको छ।
देवकोटा विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर गोरखा २ (१) बाट उनी निर्वाचित भएका थिए। माओवादी संसदीय दलको ह्विप उल्लंघन गर्दै गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
