दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
भारतको एक अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनलाई दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश न्याय बिन्दुले केजरीवाललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय सञ्चार संस्था आएनआईले उल्लेख गरेको छ। यसअघि धरौटीको प्रक्रियालाई ४८ घण्टाका लागि स्थगित गर्ने प्रवर्तन निर्देशनालय (ईडी)ले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको थियो।
केजरीवालका अधिवक्ता विवेक जैनले उनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। केजरीवाल अहिले दिल्लीको तिहाड जेलमा छन्। उनलाई शुक्रबार धरौटीको रकम दाखिलालगायत कानूनी प्रक्रिया लागि न्यायाधीशसमक्ष पेश गरिने बताइएको छ। धरौटी स्वीकृत भएमा उनी शुक्रबार नै रिहा हुन सक्ने छन्।
केजरीवाललाई लोकसभा चुनावका बेला मे १० मा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको थियो। जसको अवधि १ जुनमा पूरा भएको थियो। जुन २ मा केजरीवाल तिहाड जेल फर्किएका थिए। केजरीवाल दिल्ली सरकारको (हाल निष्क्रिय) मदिरा नीतिसँग सम्बन्धित घोटालाको आरोपमा मार्च २१ मा पक्राउ परेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
