अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।

काठमाडौँ– नेपालमा पनि विभिन्न कार्यक्रम गरी शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।

सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। यस वर्ष योग दिवसको नारा ‘योगा फर सेल्फ एन्ड सोसाइटी’ रहेको छ। 

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो। 

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।