मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

सर्वदलीय बैठकले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारी साधनलाई शनिबारदेखि असार २० गतेसम्म रोक लगाएको छ।

पर्वत– कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक कालोपत्र गर्न शुरू गरिएको छ। 

१३ किलोमिटर लामो मालढुंगा–बेनी सडकको मालढुंगा–फर्से पाँच किलोमिटर खण्डमा कालीगण्डकी करिडोर सडक आयोजनाले जनाएको छ। पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ। 

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। सर्वदलीय बैठकले एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारी साधनलाई शनिबारदेखि असार २० गतेसम्म रोक लगाएको हो। अन्य सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ। 

उक्त  सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो। 

करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ।