कांग्रेसले लुम्बिनी प्रदेश सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको छ।
दाङ– लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको हो।
बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो। दलका नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदले बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन्।
चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भनेर चालु वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए। उनले सरकार किसानविरोधी भएको टिप्पणी गरे। “आम जनतालाई मल, बिउ पुर्याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथमिकता हो,” उनले प्रश्न गरे।
उनले सरकारले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए। “स्थानीय जनजातिले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्को क्षेत्रमा राखियो। के यो सरकार जनजातिविरोधी हो। यो सरकार गरिखाने वर्गहरूका लागि बनेको सरकार हैन? यो त महिला, गरिखाने वर्ग, युवाको विरोधी सरकार भयो। नाराले मात्रै हैन, पैसा र काम गरौँ अनि मात्रै नारा सफल हुन्छ,” उनले भने।
उनले विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरू कटौती गरेको र नयाँ नल्याएको बताएका थिए। उनले युवा, महिला, ज्येष्ठ नागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाति, वादी, गन्दर्भ, चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्डा, कोरी समुदायलाई बजेटले नछोएको बताए। यस्तो अवस्था कसका लागि बजेट ल्याएको भने र प्रश्न गरे।
संघीयताविरोधी बजेट भएको हुँदा कांग्रेसले यसको विरोध गरेको बताए। घाटाको बजेट ल्याउने र पूरा नहुने राजस्व संकलनको लक्ष्य देखाएर नागरिकलाई भ्रममा पारिएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
