११ महिना अवधिमा नेपालले भारतसँग मात्र आठ खर्ब १३ अर्ब रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ। चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको आयात गर्दा एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको हो।
विभागका अनुसार ११ महिनामा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा गरेको कुल वैदेशिक व्यापारको तुलनामा यो १.९५ प्रतिशतले कम हो।
गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कुल १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात १.८४, निर्यात ३.१ र वैदेशिक व्यापार घाटा १.७२ प्रतिशतले घटेको हो।
जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ। भारतसँग नौ खर्ब आठ अर्ब २९ करोड ९२ लाख रुपैयाँको आयात हुँदा ९४ अर्ब ५१ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।
चीनबाट दुई खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँको आयात हुँदा दुई अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबर निर्यात देखिएको हो। बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ। युएईसँग २८ अर्ब ४८ करोड २५ लाख रुपैयाँको आयात र दुई अर्ब ४२ करोड ८३ लाख रुपैयाँको निर्यात हुँदा कुल २६ अर्ब पाँच करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो।
नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट एक करोड १६ लाख ९० हजार रुपैयाँ बराबरको आयात हुँदा ४० करोड ३४ लाख ९७ हजार रुपैयाँ बराबर निर्यात भएको छ। अर्थात् नेपालले अफगानिस्तानसँगको व्यापारमा रु ३९ करोड १८ लाख सात हजार बराबर फाइदा गरेको छ। त्यस्तै, नर्वे, सुडान, आइसल्यान्ड, मौरिसस लगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
